Tuesday 4th August 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी



सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु ।
चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु ।
झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि
आएन किन चेतना गुटको खेती लाउनेहरु ।


रहेनन् कोहि पनि पिर ताप देखि डराउने ।
लाग्दा मुखमा कालो छाप देखि डराउने ।
लालायित हुदैगए लोभ,मोहमा मानवहरु
भएनन् कोहि जगतमा पाप देखि डराउने ।


हुल बाँधेर नेताहरु गाउँ पस्ने भए अब ।
नयाँ जोगीले झैं खरानी घस्ने भए अब ।
चर्को चिल्ला भाषण छाँट्दै गाउँ गाउँ
भोटको लागि लम्पट नै कस्ने भए अब ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...