Friday 19th June 2026

युगल गीत -धर्मिला कार्की


रस मिठो अंगुर दानाको
अचार मिठो मुलाको चानाको।२।

केटा-: दियो बल्यो पक्कै नि आशाको
बैज्ञानीक बन्ने रहर छ नासाको
केटी-: कपडा सस्तो चिटिक्क खासाको
विज्ञ चाहिँ बनौला भाषाको

केटा-: चरालाई पिर गुँड र आहाराको
खाँचो मलाई तिम्रै नै सहाराको
केटी-: आकाश घर जुन र ताराको
भलो होस् जगत साराको

केटा-: दिन गए फुस्रा र कालाको
माया मिठो स्याउजस्तो गालाको
केटी-: सत्यकुरा बाजेको पालाको
भर नपर चाउरिने छालाको

केटा-: सिरसिर हावा रमाइलो डाँडाको
दिलको महल होइन है भाडाको
केटी-: फूललाई डर सधै नै काँडाको
कलियुग भो जमाना छाडाको

केटा-: वर्षायाममा महत्व छाताको
सम्बन्ध गाढा भावना नाताको
केटी-: बधाई बिना काम छैन खादाको
किताबलाई आवश्यकता गाताको

संयुक्त-: रस मिठो अङ्गुर दानाको
अचार मिठो मुलाको चानाको।२।

-धर्मिला कार्की
महाराजगन्ज, काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...