Friday 14th August 2026

ब्यङ्ग्य कविताः नेताको धोती – नारायण कोइराला


नयाँ र पुरानोको कुरा नगरौं अब त धोती फुस्काए
जनताले धोती लगाई दिएपनि झन बढी खुस्काए
जनता नयाँ धोती लगाई दिन्छन्न फुस्कने गरी
यिनीहरू नाङ्गो हुन खोज्छन् पागल जस्तो गरी ।

धोती फुस्कियका पनि फेरि लाउन पर्ने
आफैले थुकी आफ्नो मुखमा थुक पर्दा पनि
फेरि त्यही थुक चाट्ने फुस्कियो यिनीहरूको धोती
समालिन्न अब त जनताले पनि सोच्नु पर्छ
लाज श्रम बेचेकालाई अब धिकार्नु पर्छ
हलो काटी मुग्रो बनाउने कस्तो यो अवस्था
आफूले जो भनेको हुनुपर्ने व्यवस्था ।

प्रधानमन्त्री बाजा बझाउने कस्तो यो चलन
राष्ट्रपति फेरि कस्तो त्यसैमा नाच्ने
एउटा धोती फुस्काउनी अर्को इज्जत लुट्ने
अनि अरू भरौटे त्यसको पछि कुद्ने ।

न बहुमत चलो न इज्जत रहयो
यिनको धोती अब पूरा खोलियो
अब पनि धोती समाल्न युवा लागे भने
एक चम्चा पानीमा डुबेर मरे जस्तो भयो ।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल, यूएई ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...