Wednesday 22nd July 2026

कविताः लौ आयो तिहार- देवकोटाको प्रिय छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


कोरोना दशैँ आएर गयो बिशेष भएन
कोरोना भने बसेको बस्यै कहिल्यै गएन
टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा
पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺

संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा
पृथिवी जल आकाश वायु सूर्यको तेजमा
सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन
चाड र पर्व द्यौसी र भैलो अनेक रूपमा ।२।🌷🙏🌺

तिहार पर्व सद्भाव माया बाँडेर गरिन्छ
लक्ष्मीको रूप नारीको शक्ति भनेर मानिन्छ
देवीको रूप भएकी नारी अत्यन्त महान
घरको रक्षा असाध्यै गर्छिन् समेटी जहान ।३।🌷🙏🌺

हुलाकी बनी खबर दिने ती काग दाजुको
चौकीदारको भूमिका खेल्ने कुकुर राजाको
खेतमा जोत्ने जीवन दाता ती गोरु बाबाको
दूधको वर्षा गराईदिने ती लक्ष्मी माताको ।४।🌷🙏🌺

सबैको पूजा जनले गर्छन् मानेर तिहार
दाजु र भाइ दिदी र बैनी साथमा जुटेर
यमराजको सम्मान हुन्छ उनकै पूजाले
दिदी र बैनी ओखर फोरी गर्दछ्न् मजाले ।५।🌷🙏🌺

सेलरोटी साथ झिने र फिने घरमा पाकेका
ओखर घाँजी साथमा राखी बैनीले दिएका
निधार माथि टीकाको थोपा इन्द्रेणी रूपमा
दिदी र भाइ टीका र टालो गरेका आपसमा ।६।🌷🙏🌺

कोरोना अझै बुकाई दारा बसेको ढोकामा
सतर्क भई मनाऊँ हामी सम्पूर्ण सज्जन
हरेक कुरा मिल्दछ पुन: शरीर मिल्दैन
रोगको बाटो विचमै छेक्दा मानिन्छ उत्तम ७। 🌷🙏🌺

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...