Wednesday 21st October 2026

बागलुङमा असोजको बाढीपहिरोबाट ठूलो क्षति, १२ जनाको मृत्यु


असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार ६१ घर तथा गोठ बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीले गलकोट–९ को वडा कार्यालय, तीन झोलुंगे पुल तथा विभिन्न सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ।

प्रकोपबाट दुई जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्म प्रभावित भएका छन्। साथै २५६ पशुचौपाया र २१५ कुखुरा नष्ट भएका छन्।

निसीखोला गाउँपालिकाले प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ, पूर्ण रूपमा प्रभावित परिवारलाई ३० हजार रुपैयाँ र जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। साथै चामल र त्रिपालसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...