Friday 11th September 2026

कोभिड – १९ बाट विश्वभर अहिलेसम्म ४ करोड मानिस संक्रमित ११ लाख भन्दा बढिको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानव समुदायलाइ नै चपेटामा पारेको नोवल कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर अहिले सम्म ४ करोड बढि मानिस संक्रमित भएका छन् भने ११ लाख बढि मानिसको ज्यान गइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार अाइतबार मध्यान्ह सम्म २ करोड ९९ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् ।

गत वर्षको डिसेम्बर महिनामा चीनको वुहानबाट शुरू भएको यो प्रकोपबाट अहिले सम्म सबैभन्दा धेरै अमेरिकामा प्रभावित भएका छन् भने दोश्रो प्रभावित मुलुक भारत रहेको छ ।

अमेरिकामा अहिले सम्म ८३ लाख ४३ हजार २४४ जना संक्रमित भइ २ लाख २४ हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन् भने ५४ लाख ३२ हजार ४ सय ५७ जना निको भइ घर फर्केका छन् ।

दोश्रो स्थानमा रहेको भारतमा अहिले सम्म ७४ लाख ९४ हजार ५ सय ५१ जना संक्रमित भइ १ १४ हजार ६४ जनाको ज्यान गएको छ भने ६५ लाख ९७ हजार २ सय ९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार ६ सय ९० जनाको मृत्यु भइ ४६ लाख ३५ हजार ३ सय १५ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमितको हिसाबले ३५ स्थानमा रहेको नेपालमा अहिले सम्म १ लाख ३२ हजार २ सय ४६ जना संक्रमित भइ ७ सय ३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १ सय ६६ जना निको भएर घर फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...