Friday 14th August 2026

गजल -हरि शर्मा (गलकोटे कवि)


धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी ।
समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ???

प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो
गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ???

समानता अँगालेर अघि बढ्यौँ तिमी हामी
त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ???

सबै कुरा राम्रै भयो अभिवृध्दि हुँदै गयो
बन्नु सँधै मेरो लागि भर्जन्म समृद्धि तिमी ।। ???

अरुको नि कुरा सुने राम्रै हुन्थ्यो होला कि त
किन हो र ? कैले काहीँ आफ्नै मात्र जिद्दी तिमी ।। ???

हरि शर्मा (सुवेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।???


सम्बन्धित शीर्षकहरु

रुसको आर्कटिक क्षेत्रमा रहेको अमेरिकी प्रतिबन्धित LNG परियोजना Arctic LNG-2 बाट ग्यास ढुवानी गर्न रुस र चीनले उत्तरी समुद्री मार्ग…

कुवेत सिटी, १४ अगस्ट २०२६ — कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न व्यावसायिक तथा यात्रु सेवा सुविधासँग सम्बन्धित सातवटा टेन्डरलाई कुल KD…

कुवेतमा करिब ६ दशकअघि सुरु भएको एउटा नागरिकता प्रकरणको पुनःछानबिन गर्दा पारिवारिक सम्बन्ध, फरक नाममा रहेका कागजात, पुरानो विदेशी पहिचान…

प्रतिकृयाहरू
...