Monday 29th December 2025

निवर्तमान अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त


तितोपाटी – सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले खतिवडालाई मन्त्रीसरह सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त गरिएको जानकारी दिएका हुन् ।

यस अघि मनोनित राष्ट्रिय सभाको सदस्यको हैसियतमा अर्थमन्त्री रहेका खतिवडाको सांसद पदावधि सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री केपी ओली खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए । सोहीअनुरूप संघीय संसद्को सदस्यको म्याद सकिएपछि पनि खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए तर ६ महिनासम्म पनि संघीय संसदको सदस्य नबनेपछि खतिवडाले राजीनामा दिएका थिए । उनको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...