Friday 1st August 2025

सरकारले कोरोना परिक्षण शुल्क घटायो, अब २००० मा परिक्षण गर्न पाइने


तितोपाटी – नेपाल सरकारले कोरोना परिक्षण गरिने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बोल्दै अब उपरान्त पीसीआर परीक्षणको शुल्क अधिकत २ हजार रुपैयाँ मात्रै कायम गरिएको जानकारी दिएका हुन् ।

सरकारले १५ दिनमा दुईपटक गरेर सुरुमा कायम भएको शुल्कको आधीभन्दा बढी नै रकम घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा परिक्षण कीटको मुल्य घटेकोले सरकारले सोही बमोजिम परिक्षण शुल्कको समायोजन गर्दै पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ ।

हाल नेपालभर कुल ४७ वटा प्रयोगशालाबाट दैनिक करिब दश हजार हाराहारी पीसीआर परीक्षण हुने गरेको छ । ४७ मध्ये ३४ वटा सरकारी प्रयोगशाला छन् भने १३ वटा निजी प्रयोगशाला छन् । नेपालमा हाल पीसीआरमा मल्टिप्लेक्सिङ गरी प्राय तीन प्रकारका जिनहरु हेरिन्छ– एन जीन, ई जीन र ओआरएफ वान एबी ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

अब यहाँ खरिद गरिएको घरजग्गामा विदेशीहरूले स्वामित्व अधिकार पाउनेछन्। यो कानून शुक्रबार, जुलाई २५ मा 'उम्म अल-कुरा गजट' मा प्रकाशित…

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

प्रतिकृयाहरू
...