Monday 14th September 2026

केहि चोटिला मुक्तकहरू -मुस्कान ‘मुस्कान’


यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो ।
त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो ।
डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्,
जनताले भन्न थाले राजनीतिक भेल हो ।

यो मुस्कानको जवानी लुटेपछि आयौ ।
शरीरको विभिन्न अंग फुटेपछि आयौ ।
यस्तै राम्रो वकिलको आवश्यक थियो,
अपराधीहरू जेलबाट छुटेपछि आयौ ।

बारम्बार महिला हिंशा हेर्न सक्दिन महोदय ।
एक्लैले देशको नियम फेर्न सक्दिन महोदय ।
लौन केहि बाँच्ने उपाय गर्दिनोस चेलीलाई,
शरीर वरिपरि काँडेतार बेर्न सक्दिन महोदय ।

-मुस्कान ‘मुस्कान’
धनकुटा, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...