Friday 2nd October 2026

तीन सचेतनामुलक मुक्तकहरू -हरि शर्मा (गलकोटे कवि)


छलको बल गरेको शासन लोकमा टिक्दैन ।
ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन ।
बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ?
पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।?????

तरबार भन्दा ठूलो, कलम हो भन्छन् ।
कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।।
जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि
कविले आफ्नो मान, कवितामा गन्छन् । २ ।?????

वीरता लेख्छ कलम, आन्दोलन गर्छ ।
कविको सन्देशले, संकट पनि टर्छ ।
रुन्चे मन बुझाउन, पोख्त परे कवि
सुन माथि सुगन्ध नि कविले नै भर्छ । ३ ।?????

हरि शर्मा( गलकोटे कवि)
गलकोट, बागलुङ नेपाल
हाल:मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...