Friday 2nd October 2026

चिनारी – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


हरिलाल शर्मा नाम सुबेदी हो थर
गलकोट नुवाकोट मेरो जन्म घर ।
अमेरिका मिसिगन विकसोम बास
यहाँ पनि कोरोनाको उस्तै छ है त्रास ।१।

कम्प्युटर इन्जिनियर हो है मेरो पेशा !
कहिले काँही कविताले नजर दिन्छिन् यता !
हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो !
गलकोट मा.बि. बाट दश पास भयो ।२।

महेन्द्र त्यो बहुमुखी बागलुङ क्याम्पसमा!
आइ ए अनि बि ए पनि पढिकन घुम !
एम ए भने केन्द्रतिर कीर्तिपुर पर्‍यो !
अंग्रेजी साहित्यले स्वाद दिने गर्‍यो ।३।

श्रीधर सर अभि, पद्म, बिष्णु, सजग अनि !
संगीता र सन्जीव, गीता म सम्झन्छु पनि !
सरहरु पढाएको आज याद आयो!
त्यही अर्थ कविताले मूर्त रुप पायो ।४।

अमेरिका आएपछि रुप फेरिदिएँ!
मेडिकल कम्प्युटर पढ्न ब्यस्त भएँ !
स्कुलक्राफ्ट कलेजमा मेडिकल असिस्टेन्ट!
मिशिगन इष्ट्रनमा कम्पुटर स्टुडेन्ट ।५।

बाल्यकाल फाट्टफुट्ट सँस्कृतमा ध्यान!
रामकोट मन्दिरमा मिल्यो ठूलो ज्ञान !
दुर्गा अनि सिद्धिनाथ गुरुहरु सँग!
बेद,रुद्री, चण्डी पढ्दा भएको म दङ्ग ।६।

कौमुदी र अमरकोश छुने मौका मिल्यो!
ज्ञान आज कवितामा ठूलो मद्दत दियो !
नेपाल छँदा बिद्यालय पढाउन जान्थेँ !
कविता वाचन गर्न औधी जाती मान्थेँ ।७।

काका अनि मामा पनि बेद पाठ गर्ने !
उहाँहरु बोलाउँदा आफू जानु पर्ने !
त्यसैले त आज सक्छु पूजा लगाउन !
मन शान्त पार्न अनि दु:ख भगाउन ।८।

जिस्किएर रमाउने पर्‍यो आफ्नो बानी !
कहिले काहीँ ठट्टा गर्दा लट्टा पर्न जाने !
परिचय सबै मेरो सकिएको हैन !
सबैकुरा लेखौँ भने लेखी साध्य छैन ।९।

साथी धेरै बनाउन औधी मन पर्छ !
साहित्यले मन सफा शुध्द पारी दिन्छ !
मौका मिल्दा सँगै बसी कुरा गर्ने मन !
कविताले पुरा गर्‍यो खुशी लाग्यो झन ।१०।

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...