तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९१८ जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ ।
अहले सम्म संक्रमित भएका कुल संक्रमितको संख्या ४९२१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १५०२५ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३१२ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना जितेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ३३८८२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंकी ८३ वर्षीया महिला, कास्कीकी ७३ वर्षीया महिला र बाँकेकी ८० वर्षीया महिला गरि ३ जना महिला तथा काठमाडाैंका ६७ वर्षीय पुरूष, नवलपरासीका ६४ वर्षीय पुरूष र अर्घाखाँचीका ४२ वर्षीय पुरूष गरि ३ जना जना पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ९९ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५ हजार ४ सय ८० जना रहेका छन् भने आइसियुमा १६२ जना र भेन्टिलेटरमा २२ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७०३७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७९८८ जना उपचाररत रहेका छन् ।
विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७७ लाख ६९ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९८ लाख ५१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख २ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।