Sunday 25th May 2025

नेपालको कोरोना अपडेटः झण्डै ३३ हजार निको भए, जम्मा १४८६८ जना आइसोलेसनमा


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४८१३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४८६८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना जितेर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ३२९६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंकी एक ८० वर्षीया महिला तथा पर्साका ६० र ५४ वर्षीय २ जना पुरूष, काठमाडाैंका ८५ वर्षीय पुरूष, सुनसरीका ७० वर्षीय पुरूष र कपिलबस्तुका ६२ वर्षीय पुरूष गरि ५ जना पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ८८ हजार १ सय ७४ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ५ हजार ३ सय १० जना रहेका छन् भने आइसियुमा १४४ जना र भेन्टिलेटरमा २३ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६८१५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८०५३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७५ लाख १० हजार भन्दा बढि संक्रमित भइ १ करोड ९६ लाख ५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ९७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम हिजो…

सिरियामा रहेका प्यालेस्टिनी गुटका नेताहरू, पहिले बशर अल-असदको शासनसँग गठबन्धन गरेका थिए र इरानको समर्थनमा पाएर त्यहाँ सुरक्षित रुपमा आफ्ना…

आईपिएलका खेलहरु जारी रहेका छन। मे २२ तारिखसम्म खेलाईएका खेलहरुमा गुजरात १८ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो…

प्रतिकृयाहरू
...