Friday 1st August 2025

मुक्तक बोल्छ मुक्तकबाट -हरि शर्मा (गलकोटे कवि)


<<छैन मसँग केही अरु>>
<<चार चटके मुक्तकहरु>>
<<पढेर चटक्कै भुल्न भन्दा >>
<<एक पटक मनन गरौँ बरु>> ???

त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ ।
कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ ।
यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो
त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । <<१ >>???

सैतानको घरमा सैतानको नै पूजा हुन्छ ।
सैतानको संगतले कोमल मुटु धुजा हुन्छ ।
भुलेर पनि कसैले सैतानको संगत नगर्नू
यसले गर्दा अनुहारभरी दुखको मुजा हुन्छ । <<२>>???

मायालुहरु सुन संसारमा एक्लो कोही हुँदैन ।
मात्र आँसु चुहाउँछ दया माया गर्ने गोही हुँदैन ।
माया आज सिन्किको मोलमा छ बिचार पुर्‍याऊ
जाल मात्र मोहको, दयालु र मायालु मोही हुँदैन । <<३>>???

जसलाई आफन्त ठानेँ उसैले ममाथी घात गर्‍यो ।
काँकोलाई राखेको थाँक्रो,थाँक्रोले उत्पात गर्‍यो ।
मैले खुबै बिश्वास गरेर आफ्नो सम्पति सुम्पिएँ
आखिर आएर उसैले त्यसैमाथि लामो हात गर्‍यो । <<४>> ???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ???


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...