Thursday 1st January 2026

गीति कविताःसुसेली -हरि शर्मा (गलकोटे कवि)


गीति कविता
सुसेलीको आरम्भ
हाम्रो देशमा ।१। ????????

शैली हाइकु
पाँच सात पाँचमा
लेखौँ भन्दैछु ।२। ????????

छ गेयात्मक
लय पनि मिल्दछ
यो लयात्मक ।३। ????????

बेला बेलामा
कविसाथीहरुले
लेखौँ भन्छु म ।४। ????????

मैले कुरेको
यो कार्यक्रमको
म त भक्त हो ।५। ????????

भोलि बिहान
किन मैले छाडौँला
ज्ञान मुहान ।६। ????????

गरेँ नमन
सँचालकहरुको
काम महान ।७। ????????

कवि महान
कविहरु सबै नै
हाम्रा जहान ।८। ????????

श्रोता पाहुना
यो पढ्नेहरुलाई
गरेँ प्रणाम ।९। ????????

भोलि भेटौँ है
म त पक्कै आउँला
आफू कसो खै ? ।१०। ????????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।????????


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...