Sunday 22nd March 2026

नेपालमा पछिल्लो २४ घण्टामा १०४१ संक्रमित, १५६६ निको भए, थप ९ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४५२७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८७० जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५६६ जना कोरोना जितेर घर फर्केका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल २७१२७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया एक तथा नवलपरासीकी ३७ वर्षीया महिला गरि ३ जना महिला र पर्साको ७५ वर्षीय, महोत्तरीको ७८ वर्षीय, कठमाडाैंका ४१, ५९ र ६४ वर्षीय र रूपन्देहीको ४० वर्षीय पुरष गरि ६ जना पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ५७ हजार ९ सय ६३ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेका छन् भने आइसियुमा १६७ जना र भेन्टिलेटरमा २४ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ८००४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९८६६ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ६८ लाख २१ हजार भन्दा बढि संक्रमित भइ १ करोड ८९ लाख २६ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ७९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...