Wednesday 30th July 2025

गीति कविताः सुसेली -हरि शर्मा (गलकोटे कवि)


आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् ।

हामी नेपाली
डाँडा पाखा घन्कियो
हाम्रो सुसेली।????????

सबै मिलेर
सुसेलीको बिकास
गरौँ जुटेर।????????

गीति कविता
सुसेलीमा कविता
लेख सविता ।????????

गाए कोइली
छम छम गरेर
नाचे जुरेली।????????

आजभोली त
सुसेलीमा खोलो नि
कुर्ली रहेछ ।????????

नाच्यो हिमाल्
सुसेलीको कमाल
देखेँ अचेल ।????????

धन्यवाद! पक्कै पनि गाउनुस् है ।
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????????


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...