Wednesday 22nd July 2026

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, थप १४ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारी कोभिड – 19 संक्रमितको संख्या नेपालमा ४४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४४२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४०४ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २७१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३५४ जना कोरोना जितेर घर फर्केका छन् भने १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल २५५६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ४ महिला र १० पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ४५ हजार ४सय ९० जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेका छन् भने आइसियुमा १५१ जना र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७४६२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०९४२ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ६५ लाख २ हजार भन्दा बढि संक्रमित भइ १ करोड ८६ लाख ८४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ७३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...