Sunday 18th January 2026

नेपालको कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ११२० संक्रमित भइ १११२ निको भए, थप १२ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४१६४९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८१०८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर घर फर्केका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल २३२९० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ६ जना महिला र ६ जना पुरूष गरि १२ जना  रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख १८ हजार ४ सय ३९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् भने आइसियुमा १४४ जना र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७६१५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०४९३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ५९ लाख ३२ हजार भन्दा बढि संक्रमित भइ १ करोड ८२ लाख १५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ६१ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...