Sunday 16th November 2025

राजनीति साहित्यमा – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा।
गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा ।
देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा।
नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।

कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा।
सुरुप्प सुप पुर्‍यायो खुब चम्चाले मुखमा।
अस्तिको कुरा सुटुक्क माथि पुर्‍यायो चम्चाले।
साथीको घाँटी परक्क पारी निमोठ्यो चम्चाले ।२।

आलुको जस्तो जहाँ नि मिल्ने चम्चाको चटक।
जोसँग पनि साखुल्ले बनी देखायो नाटक ।
राजनितिक दल छलको बल चम्चाको आडमा।
प्रशस्त मिल्ने चटके चम्चा तुरुन्त भाडामा ।३।

सुटुक्क गरी छिरेछ चम्चा साहित्य क्षेत्रमा।
लुपुक्क लिटो पुर्‍याई हाल्यो कविको मुखमा।
चम्चाका नेता बनेका कवि चम्चाको चालमा।
गुलियो मुख बनायो चम्चा नाच्दैछ्न् तालमा ।४।

अमेरिकामा यथेष्ट मिल्छ्न् चम्चाका चटक।
नेपाली चम्चा जितेको देख्छु पटक-पटक।
अचेल यहाँ बाँदर पनि चम्चाले खाँदैछ।
कोरोना अर्थ लोकमा मान्छे कोठामा बन्द छ ।५।

हरि शर्मा(गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...