Thursday 13th August 2026

राजनीति साहित्यमा – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा।
गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा ।
देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा।
नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।

कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा।
सुरुप्प सुप पुर्‍यायो खुब चम्चाले मुखमा।
अस्तिको कुरा सुटुक्क माथि पुर्‍यायो चम्चाले।
साथीको घाँटी परक्क पारी निमोठ्यो चम्चाले ।२।

आलुको जस्तो जहाँ नि मिल्ने चम्चाको चटक।
जोसँग पनि साखुल्ले बनी देखायो नाटक ।
राजनितिक दल छलको बल चम्चाको आडमा।
प्रशस्त मिल्ने चटके चम्चा तुरुन्त भाडामा ।३।

सुटुक्क गरी छिरेछ चम्चा साहित्य क्षेत्रमा।
लुपुक्क लिटो पुर्‍याई हाल्यो कविको मुखमा।
चम्चाका नेता बनेका कवि चम्चाको चालमा।
गुलियो मुख बनायो चम्चा नाच्दैछ्न् तालमा ।४।

अमेरिकामा यथेष्ट मिल्छ्न् चम्चाका चटक।
नेपाली चम्चा जितेको देख्छु पटक-पटक।
अचेल यहाँ बाँदर पनि चम्चाले खाँदैछ।
कोरोना अर्थ लोकमा मान्छे कोठामा बन्द छ ।५।

हरि शर्मा(गलकोटे कवि)
गलकोट- बागलुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...