Friday 1st August 2025

नेपालमा कोरोनाबाट एकै दिन १४ जनाको मृत्यु, मर्नेहरूको जम्मा संख्या २२१ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । कोरोनाको कारण एकै दिन ज्यान गुमाएको  यो अहिले सम्म कै अधिक संख्या हो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू महोत्तरी, सुनसरी, बारा र  काठमाडाैं का ४ महिला र महोत्तरी र रूपन्देहीका २-२ जना तथा मोरङ, सुनसरी, राैतहट, भक्तपुर, ललितपुर र नवलपरासीका १-१ जना पुरूष गरि १० पुरूष रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीकी ७४  वर्षीया, बाराकी ४७ वर्षीय, महोत्तरीकी ६२ वर्षीया र काठमाडाैंकी ७२ वर्षीया गरि ४ जना महिलाको मृत्यु भएको हो

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङको ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, राैतहटको ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५ वर्षीय, नवलपरासीको ६२ वर्षीय र रूपन्देहीको ५७ र ६७ वर्षीय पुरूष गरि १० जना पुरूषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

यस अघि हिँजो र अस्ति कोरोना संक्रमणको कारण १२-१२ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...