Sunday 22nd March 2026

नेपालमा एकै दिनमा १२२१ जना संक्रमित थपिए, थप १४ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३८५६१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७५१८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २६७ जना कोरोना जितेर घर फर्केका छन् भने १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल २०८२२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा सुनसरीकी १, बाराकी १, महोत्तरीकी १ र काठमाडाैंकी १ गरि ४ जना महिला र सुनसरीका १, मोरङका १, महोत्तरीका २, राैतहटका १, ललितपुरका १, भक्तपुरका १, नवलपरासीका १ र रूपन्देही २ सहित  १० जना पुरूष गरि १४ जना रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ८२ हजार ३ सय ४३ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ७ हजार ७ सय ९७ जना रहेका छन् भने अाइसियुमा १४४ जना र भेन्टिलेटरमा १७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६९०६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०६१२ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ५१ लाख ९८ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७५ लाख ४७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ४७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।

 

 

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...