Friday 2nd October 2026

कति लुट्छाै? -नारायण कोइराला


तातो घाम, खुल्ला आकाश, हामी आकाश मुनि ।
श्रमिकको कमाइ लुट्ने नेता गण त हुन नि ।।

कहिले लाठी कहिले लाती हामीले ने खाने ।
गोलाबारुद बम पड्किएर हाम्रै खति हुने ।।

बाध्यताले गर्दा हामी परदेश लाग्नु पर्यो ।
पसिनाको कमाईबाट सबलाई पाल्नु पर्यो।।

आज पूरा देश रुँदा तिमी हेरी मात्र बस्ने ।
भोक, रोगको आक्रान्त भाई हामी बाँच्नु पर्ने?

सिंदूर पुछिदा अनि अपाङ्ग हुँदा पनि लडी रह्यौं ।
नेतागणकै लागि सधैं हामीले बलिदान गरी रह्यौं।।

चपल पड्काई हिडने आज कहाँ पुगेका छौं।
अघिपछि दलाल राखी हामीलाई बिर्सेका छौं ।।

पोल्छ एक दिन त्यो रगतले छट्पटाउन पर्ला।
त्यस बेलामा बल्ल फेरि हाम्रो याद आउला।।

-नारायण कोइराला
ता न पा-७ तानसेन पाल्पा
हाल यूएई ।

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...