Sunday 16th November 2025

एकपल्ट हेर सरकार ! – नारायण कोइराला


एक पल्ट हेर सरकार!!!!!
म थला परेको छु,
तातो घाममा
जली रहेको छु।
एकपल्ट हेर सरकार
म तिम्रो पर्खाइमा बसिरयको छु।
आकाश माथि जहाज उड्दा
मलाई लिन आय जस्तो लाग्छ।
तर होइन रहेछ,
न त म नेताको छोरो,
न त दूतावासमा मेरो कोई आफन्त नै छ।
म त एक गरिब बाब आमाको छोरा हु,
जसको मृत्यु भएनी आमा बाबा मात्र रुन्छन्।
मारु भूमिमा जल्द जल्दै श्वास निक्लियो भनी,
ती बाबु आमाले मेरो छोरो खोइ भनि तिम्लाई गुहार्छन्।
अझै पनि एकपल्ट आँखा छन् भनी खोलेर हेर,
मेरो आँसु पुछ जली रहेको छु उठाएर त हेर।
एक पल्ट मेरो देशमा यो जिउँदो लास पुराइदेऊ,
मर्नु छ भनी मेरो देशमा मर्छु,
बरु उत्तै खरानी बनाएर जलाई देऊ।
म विदेशमा थला परेको छु,
ताँतो घाममा जली रहेको छु।
एकपल्ट हेर सरकार म तिम्रो पर्खाइमा बसिरहेको छु!!!!

-नारायण कोइराल
ता न पा – ७ पाल्पा
हालः विदेश ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...