Thursday 14th May 2026

नेपालमा पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु, कुल १५७ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३२६७८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १३७१५ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १५७ पुगेको छ । आइसोलेसनमा रहनेहरू मध्येमा ४५६१ जना होम आइसोलेशनमा छन् भने बाँकी ९१५४ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १८८०६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा सुनसरीका ६८ वर्षीया पुरूष, मोरङका ६५ वर्षीय पुरूष, पर्साकी ७० वर्षीया महिला, काठमाडाैंकी ४८ वर्षीया महिला, रूपन्देहीकी एक ६७ वर्षीया महिला तथा ३८, ५३ र ५४ वर्षीय पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख १० हजार ६ सय ७८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेका छन् । आइसियुमा १३७ जना र भेन्टिलेटरमा १० जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३६ लाख १३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ६१ लाख ३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख १३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...