Thursday 14th May 2026

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो, जम्मा १४६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३१११७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२६२१ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३९१६ जना होम आइसोलेशनमा छन् भने बाँकी ८७०५ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना जितेर घर फर्केका छन् भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १८३५० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा सुनसरीकी ६ वर्षीया बालिका, सुनसरी कै अर्का ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ५ लाख ९२ हजार ४ सय १८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् । आइसियुमा १३५ जना र भेन्टिलेटरमा १२ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३१ लाख ४६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५७ लाख ३० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

प्रतिकृयाहरू
...