Sunday 17th August 2025

विदामा नेपाल आएका श्रमिकहरू विदेश फर्कदा के के कुरामा ध्यान पुर्याउने ?


तितोपाटी – कोभिड -१९ महामारीको कारण  विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले  वै‌देशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण पनि जारी राखेको छ ।

विदेश स्थित रोजगारदाता मुलुकले पनि विदेशी नागरिकहरूलाइ काममा फर्कन अनुमति दिने क्रम शुरू भएको छ । सोही क्रममा केहि देशले उन्तर्राष्ट्रिय उडान शुरू गरि सकेका छन् भने केहि देशले अगष्ट १ तारिक देखि उडान शुरू गर्दैछन् तर नेपालले पनि अगष्ट १६ तारिक पछि मात्रै अन्तर्राष्ट्रय उडान गर्ने भएको छ । यस्तो परिस्थितिमा उद्धारबाहेकका सम्पुर्ण उडानहरु बन्द रहेकोले पुन: श्रम स्वीकृति लिएकाहरु कसरी विदेश जान्छन ? भन्ने प्रश्न धेरैलाई छ । यस्तो अवस्थामा पुन: श्रम स्वीकृति पाएका श्रमिकहरु नियमित उडान नखुल्दासम्म चार्टर्ड उडानमा जानुको विकल्प छैन ।

विदामा नेपाल आइ विदेश फर्कनु पर्ने युवाहरूले आफै नयाँ टिकट काटेर जान पर्ने हुन्छ ।  आफु काम गर्न जाने सम्बन्धित देशको विदेशी कामदार भित्राउने तथा स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालना स्वयंले गर्नु पर्ने हुन्छ भने स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रय मान्यताको अनुसरण गरेको हुनु पर्दछ  साथै आवश्यक पर्ने भएमा कोरोना परिक्षण गरि नेगेटिभ रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको श्रम डेस्कमा पेश गर्नु पर्दछ । छुट्टीमा आएको बखत लामो बसाइ हुन गइ भिसा सकिएका कामदारहरूले अनलाइन भिसा बाहेक पुन: स्वीकृति लिएर विदेश जानेहरुले विदेश जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ।

विदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: श्रम स्वीकृति दिने काम पनि जारी राखेको छ । यस सन्दर्भमा वैदेशिक रोजगार बिभागले एक सूचना जारी गरी श्रम स्वीकृति नविकरण लगायतका विषयमा सम्बन्धित सबैलाइ जानकारी गराएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

अमेरिकी र रुसी राष्ट्रपतिको बहुचर्चित अलस्का भेटवार्ता ले युक्रेन रसिया युद्धको हल निकाल्न सकेन । तर दुवै नेताहरुले बार्ता सकरात्मक…

एलोन मस्कले भर्खरै XChat अनावरण गरेका छन्, जुन एक क्रान्तिकारी नयाँ प्लेटफर्म हो जुन निजी सञ्चारलाई पुन: परिभाषित गर्न सेट…

प्रतिकृयाहरू
...