Monday 23rd March 2026

विदामा नेपाल आएका श्रमिकहरू विदेश फर्कदा के के कुरामा ध्यान पुर्याउने ?


तितोपाटी – कोभिड -१९ महामारीको कारण  विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले  वै‌देशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण पनि जारी राखेको छ ।

विदेश स्थित रोजगारदाता मुलुकले पनि विदेशी नागरिकहरूलाइ काममा फर्कन अनुमति दिने क्रम शुरू भएको छ । सोही क्रममा केहि देशले उन्तर्राष्ट्रिय उडान शुरू गरि सकेका छन् भने केहि देशले अगष्ट १ तारिक देखि उडान शुरू गर्दैछन् तर नेपालले पनि अगष्ट १६ तारिक पछि मात्रै अन्तर्राष्ट्रय उडान गर्ने भएको छ । यस्तो परिस्थितिमा उद्धारबाहेकका सम्पुर्ण उडानहरु बन्द रहेकोले पुन: श्रम स्वीकृति लिएकाहरु कसरी विदेश जान्छन ? भन्ने प्रश्न धेरैलाई छ । यस्तो अवस्थामा पुन: श्रम स्वीकृति पाएका श्रमिकहरु नियमित उडान नखुल्दासम्म चार्टर्ड उडानमा जानुको विकल्प छैन ।

विदामा नेपाल आइ विदेश फर्कनु पर्ने युवाहरूले आफै नयाँ टिकट काटेर जान पर्ने हुन्छ ।  आफु काम गर्न जाने सम्बन्धित देशको विदेशी कामदार भित्राउने तथा स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालना स्वयंले गर्नु पर्ने हुन्छ भने स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रय मान्यताको अनुसरण गरेको हुनु पर्दछ  साथै आवश्यक पर्ने भएमा कोरोना परिक्षण गरि नेगेटिभ रिपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको श्रम डेस्कमा पेश गर्नु पर्दछ । छुट्टीमा आएको बखत लामो बसाइ हुन गइ भिसा सकिएका कामदारहरूले अनलाइन भिसा बाहेक पुन: स्वीकृति लिएर विदेश जानेहरुले विदेश जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ।

विदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: श्रम स्वीकृति दिने काम पनि जारी राखेको छ । यस सन्दर्भमा वैदेशिक रोजगार बिभागले एक सूचना जारी गरी श्रम स्वीकृति नविकरण लगायतका विषयमा सम्बन्धित सबैलाइ जानकारी गराएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...