Wednesday 26th November 2025

आगामी भदाै १ गतेदेखि हवाइ सेवा सुचारू गर्ने नेपाल सरकारको निर्णय


तितोपाटी – नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन मन्त्रालयले आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै मापदण्ड बनाइ उडानको तयारी गरिनेछ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड–१९_ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र चैत १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो ।

बैठकले आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन पनि सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...