Thursday 10th September 2026

बधूशिक्षा भानुभक्तको -हरि शर्मा (सुबेदी)


~बधूशिक्षा भानुभक्तको ~
छन्द: तोटक
IIS IIS IIS IIS
सलगा सलगा सलगा सलगा

अति सुन्दर शान्त महान तिमी ।
कति सज्जनको मन भित्र तिमी । १ ।

कविका बनका कविता सरिता ।
बिचमा नडुबी नहुने अब ता । २ ।

नबसी घरमा त गजाधरको ।
अलि पल्तिरको घरमा किन हो । ३ ।

दुलही सहिनन अतिथी घरको ।
मनमा दुबिधा अति भो उनको । ४ ।

कविको गरिछन अपमान कसरी ।
त्यस निम्ति बधू उपदेश त्यसरी । ५ ।

जति छन कविका रसिला कविता ।
झरिला भरिला उनका कृति ता । ६ ।

हरि शर्मा (सुबेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...