‘म को हुँ’
पहिचान छ की छैन मेरो
कहिलेसम्म मौन भएर बस्नु
कोही त भन्देऊ? तिमी!
हामी जस्तै,मानव हौ
यो संसारमा बाच्ने अधिकार
मेरो छैन र!
साच्चै म मानिस होइन र!
म को हुँ?
( जान्न चाहन्छौ )
मेरो जन्म त्यतैबाट भयो
जहाँ तिमी जन्मेकी थियौँ।
मलाई जन्माउने आमा
तिम्री आमा नै हुन्। मात्र यो
कुरामा फरक पर्यो।
तिमी ठुलो जात र म
सानो जातमा जन्मिएछु।
(जातीय विभेद)
साच्चै म जान्न चाहन्छु भेदभाव
के को लागि गर्छन?
ती दानव हुन्
या त मानव, निर्जीव पशु नै हुन्
तातो र रातो रगत
तिम्रो शरीरमा छ र
मेरो शरीरमा पनि
ऊ, तिमी र म एउटै होइनौँ र!
(प्रेम)
मेरो डोली तिम्रो दैलोमा
लान पाइदैन।अनि!
तिमी भन्छौँ, मन मिलेपछि
के को? जातभात गर्नु र छी!
त्यसो होइन प्रिया
म त्यस्तो फूल हुँ
जो मन्दिरमा चढ्दैन
म त्यस्तो मानव हुँ
मैले छोएको पानी चल्दैन्
म जन्मजात भगवानले ठगेको मान्छे हुँ।
(कसम)
कसम यो अन्तरजातीय
प्रेम गर्न पाइन्छ, यो मेरो सोच
मैले सोचें गणतन्त्र आयो
प्रजातन्त्र आयो,अब त! साच्चै!
हाम्रो समाजमा सोचको
परिवर्तन आयो
कठै! त्यो मेरो भ्रम मात्र
यस्तो के आयो गणतन्त्र!
(यसकारण)
यसकारण मैले ज्यान गुमाए
संसार छोडी आए
मेरा पुज्य ! बा-आमालाई त्यागें
म तिम्रो असल प्रेमी हुँ
म भित्र निश्चल सफा
प्रेमको सागर बगीरहेको छ
त्यसैले मैले आफुलाई बलिदान दिए
“म नवराज बि. क दलित हुँ।”
भावना थापा
खप्तड छान्ना गाउपालिका वडा न: ४
बझाङ
हाल – दक्षिण भारत
नोटः रचनाकारले गत जेठ १० मा घटेको घट्नालाई कवितामा प्रस्तुत गरि समाजको रुढीबादी परम्परा र अन्धविश्वासलाई कविता मार्फत चिरफार गर्न खोजेकी छन् ।