Sunday 6th October 2024

सञ्चारमन्त्रीको सादगी नकाब प्रेसले उतारिदियो


तोयानाथ उपेक्षित – पक्राउ पर्ने मात्र चोर हुन्छन अरु त सवै साधु नै हुन भने झै संञ्चार मन्त्री बास्कोटाको सादगी बस्त्र आजबाट प्रसले उतारिदिएको छ । उनी अर्कै रुपमा प्रकट भएका छन । यसले बर्तमान सरकारको भ्रष्टfचार विरोधी उर्दीलाई नराम्रो धक्का दिने पक्का छ । प्रम ओलीले आफ्ना विश्वास पात्र बास्कोटालाई तुरुन्त पदबाट हटाएर अनुसन्धानको लागि निर्देशन गर्न पर्दछ ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अडियो सामाजिक सञ्जालमा भाइरल बने पछि सरकारको मुख अहिले सम्म खुलेको छैन ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् ।
स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए पनि भनिएको छ । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको थियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो ।

स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।

अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्च गर्ने भनिएको थियो ।

मन्त्री बास्कोटाको कमिसन काण्ड बाहिरिए सँगै क्रियाप्रतिक्रियाको ओईरो लाग्न थालेको छ । पूर्व प्रम बाबुराम भट्टराईले प्रम ओलीलाई व्यंग्य गर्दै आफ्नो आंगको भैसी नदेख्ने अरुको आंगको जुम्रा भनेका छन यसरी नै कलाकार दिपक गिरीले व्यंग्य गर्दै भनेका छन एक विहानै हाम्लाई हेप्ने ? यसै बीच उक्त काण्डमा समाचार लेख्न नमाने पछि नया पत्रिकाका पत्रकार पुष्प ढुंगानाले राजीनामा गरेका छन उनले टवीट गदै लेखेका छन मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु

अब मन्त्री बास्कोटाले राजीनामा दिन्छन त ? सर्वत्र चासो बढेको छ । उनलाई प्रम को विश्वास पात्रको रुपमा हेरिन्छ यदि उनले राजीनामा दिएनन भने प्रधानमन्त्रीको म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने कुरा को कुनै तुक रहदैन । जति चाडो मन्त्री गोकुलको राजीनामा आउँछ त्यति नै यो सरकारको त्राण बचाउन सहयोग पुग्ने छ भन्ने नेकपाले बुझ्न जरुरी छ ।

तर सेतोपाटी सँग कुरा गर्दै मन्त्री बास्कोटाले नखाएको विष आफूलाई नलाग्ने भनेका छन । उनले आज सरकारको नियमित पत्रकार भेटघाटमा स विस्तार बताउने पनि भनेका छन । आरोप जे जस्तो भए पनि मन्त्रीले गरेको अडियोबार्ताले मन्त्री कमिशन दिन खोज्नेलाई नंग्याएर पहिले नै त्यस घटनालाई सार्वजनिक गर्थे भने कुरा अर्कै हुने थियो । तर त्यसो नगरेकाले अर्को कम्पनी सँग अरु धेरै कमिसनमा सेटिंग मिलेको अनुमान गरिंदैछ ।


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...