Monday 5th October 2026

पाैडेलले जन-सम्पर्क समिति उपसभापति पदबाट दिएको राजीनामा स्विकृत


तितोपाटी – गैरआवासीय नेपाली संघ, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेलद्वारा नेपाली जन-सम्पर्क समिति कुवेतकाे उपाध्यक्ष पदबाट दिएको राजीनामा जन-सम्पर्क समितिले कुवेतले स्विकृत गरेको जनाएको छ।

नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटी डट कम लाइ गराएको जानकारी अनुसार उपसभापति पाैडेलले गत जनवरी १० तरिक मै राजीनामा दिएको भए पनि पार्टीकाे विधान अनुसार उपसभापतिको राजीनामालाइ ३ महिनासम्म रोक्न सकिने भएकोमा  हिँजो बसेको नेपाली जन-सम्पर्क समिति कुवेतको पांचाैं मासिक बैठकबाट पाैडेलको राजीनामा स्विकृत गरिएको हो।

तितोपाटी डट कम संग कुरा गर्दै सभापति बिरहीले भने, एक व्यक्ति दुइ पद हुनुहुदैन भन्ने मान्यतामा आफुहरू रहेकोमा हाल आएर गैरआवासीय नेपाली संघले संघको पदिय हैसियतमा रहेको कुनै पनि व्यक्ति राजनैतिक संगठनको सदस्य बस्ने नहुने भन्ने विज्ञप्ति पनि सार्वजनिक भएकोले जन-सम्पर्क समितिले समितिकी उपसभापति पाैडेलको राजीनामा सर्व सम्मतिले स्वीकृत गरेको हो।

स्मरण रहोस, एनआरएनएले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संगठनमा आवद्ध भएको व्यक्ति विशेष एनआरएनएको कार्यकारी पदहरूमा रहन नपाउने निर्देश गर्दै दोहोरो पदमा रहेमा कार्वाही गर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...