Saturday 8th November 2025

लुम्बिनी समाजद्वारा नेपालका मृगाैला पीडितलाइ ७० हजार भन्दा बढीको सहयोग


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६ अक्षेरूपी एकहत्तर हजार अाठ सय २ रूपैयाँ २६ पैसा सहयोग गरेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रमेश पाल्पालीले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन्।

लुम्बिनी समाज संग अार्थिक जुटाई दिन अनुरोध गरेको हुन्दा हामी लुम्बिनी समाजका मनका धनी साथीहरुबाट छोटो समय दुई हप्ता मै 193 केडी जुटाई नेपाली रकम अाज को रेटमा रु,71,80२,२६ पैसा जम्मा पिडक का दाजु बिनोद रजालीको नाममा पठाइएको सबैमा जानकारी गराउँदछाैं, नेपालीले भने।

घरायसी अार्थिक अबस्था कम्जोर भएका रजालीको उपचारार्थ थोरै भए पनि सहयोग होस भनि संस्था भित्रका साथीहरूमार्फत रकम संकलन गरि पठाएको लुम्बिनी समाज नेपाल-कुवेतले यस अघि पनि कुवेतबाट धेरै दुःखी पीडितहरूको उद्दार तथा कर्मथलो कुवेत र जन्मभूमि नेपालमा विभिन्न किसिमले दुःखी पीडितहरूलाइ अार्थिक सहयोग गर्दै अाएको छ भने लुम्बिनी क्षेत्र भित्रका शैक्षिक संस्थामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरूलाइ छात्रवृद्धि पनि प्रदान गर्दै अाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...