Wednesday 31st December 2025

लुम्बिनी समाज कुवेतको सातौ वार्षिकउत्सव १३ मार्चमा हुने


तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ।

“सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय गरेको अध्यक्ष नेपालीले जानकारी दिए ।

बिभिन्न सामाजिक गतिविधिमा सक्रिय लुम्बिनी समाजले आफ्नो वार्षिकोत्सव धुमधामले मनाउन लागेको छ ।
जिलिवको पपीन्स हलमा हुने उक्त कार्यक्रमको दिन कुवेतमा क्रियाशील संघसंस्थालाई कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन अनुरोध गरेको छ। समाजले उक्त कार्यक्रममा कुवेतमा रहेका संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, लुम्बिनीबासी तथा गैर लुम्बिनीबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
मिति:- १३ मार्च शुक्रबार
समय:- दिनको १२ बजे
स्थान:- पपिन्स हल (जिलिव)


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...