Wednesday 29th July 2026

मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को विजेता सन्तोषी शाही


तितोपाटी-सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् ।

‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । यस्तै ‘फस्ट रनर अप’मा सविता शर्मा र ‘सेकेण्ड रनर अप’मा सीता आचार्य पौडेल बन्न सफल भएका छन् । उनीहरु दुवै जनाले बाली भ्रमणको टिकट सहति विभिन्न उपहार प्राप्त गरेका छन् ।

‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’मा देवकला पुनः छनोट भए । यस्तै ‘टाइटल अवार्ड’ देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिताअर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्की हात पारे ।

सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तररुपमा मिसेज ब्युटी क्वीन सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

“घर परिवार र समाजमा शिक्षित, सबल र जिम्मेवार व्यक्तिको रुपमा रुपान्तरण गर्न सहयोग पुगोस् भन्ने हेतुले विवाहित महिलालाई ध्यानमा राखेर प्रतियोगितात्मक कार्यक्रम गर्दै आएका छौँ”, उनले भने । करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...