Thursday 16th May 2024

कुवेतबाट मृगौला पिडितलाई आर्थिक सहयोग


तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ४ घर रहेका वर्ष ५२ का रेशम बहादुरको लामो समय देखी दुबै मृगौला फेल भई स्वास्थ्य अवस्था निकै नजुक रहेको र हाल विरअस्पतालमा उपाचार्राथ रहेका छन।

समतामुलक समाज निर्माण एवं जातीय हक, हित र अधिकारको लागि प्रवासबाट कृयाशिल रहने उद्देश्यका साथ कुवेतमा कृयाशीले बिश्वकर्मा एकता समाज कुवेतले संस्था गठन भएको छोटो अबधिमै समाजका सदस्यहरूबाट सहयोग संकलन गरी निज मृगाैला पीडितलाइ सहयोग गरेको हो।  बिश्वकर्मा एकता समाज तत्कालिन बिश्वकर्मा समाज कुवेत र नमुना बिश्वकर्मा समाज कुवेत बिच एकता भइ केहि महिना अघि मात्रै गठन भएको संस्था हो । अाँफु कार्यरत कर्मभूमि र जन्मभूमिमा सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएका  सहयोगी मनका धनी सामाजिक अभियन्ताहरू यस संस्थामा अावद्द रहेका छन् ।

अर्थिक अवस्था अत्यन्त्यै नाजुक भएका कारण उपचारमा समस्य आएका रेशमको जिवन रक्षाको लागी आर्थिक सहयोग गरेको अभियन्ता गुम बहादुरले तितोपाटीलाई जानकारी दिएका छन। उनले पीडितको जिबन रक्षाको लागि सवैले सहयोग गरिदिनुहुन समेत अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...