Saturday 14th March 2026

कुवेतबाट मृगौला पिडितलाई आर्थिक सहयोग


तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ४ घर रहेका वर्ष ५२ का रेशम बहादुरको लामो समय देखी दुबै मृगौला फेल भई स्वास्थ्य अवस्था निकै नजुक रहेको र हाल विरअस्पतालमा उपाचार्राथ रहेका छन।

समतामुलक समाज निर्माण एवं जातीय हक, हित र अधिकारको लागि प्रवासबाट कृयाशिल रहने उद्देश्यका साथ कुवेतमा कृयाशीले बिश्वकर्मा एकता समाज कुवेतले संस्था गठन भएको छोटो अबधिमै समाजका सदस्यहरूबाट सहयोग संकलन गरी निज मृगाैला पीडितलाइ सहयोग गरेको हो।  बिश्वकर्मा एकता समाज तत्कालिन बिश्वकर्मा समाज कुवेत र नमुना बिश्वकर्मा समाज कुवेत बिच एकता भइ केहि महिना अघि मात्रै गठन भएको संस्था हो । अाँफु कार्यरत कर्मभूमि र जन्मभूमिमा सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएका  सहयोगी मनका धनी सामाजिक अभियन्ताहरू यस संस्थामा अावद्द रहेका छन् ।

अर्थिक अवस्था अत्यन्त्यै नाजुक भएका कारण उपचारमा समस्य आएका रेशमको जिवन रक्षाको लागी आर्थिक सहयोग गरेको अभियन्ता गुम बहादुरले तितोपाटीलाई जानकारी दिएका छन। उनले पीडितको जिबन रक्षाको लागि सवैले सहयोग गरिदिनुहुन समेत अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...