Friday 16th January 2026

राम लिम्बु बने भ्वाइस अफ नेपाल


तितोपाटी- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् ।
गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् ।काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता घोषणा गरिएको हो ।कोच प्रमोद खरेलको टिमका राम लिम्बुले टाइटल जितेसंगै गाडी र नगद उपहार पनि पाएका छन् ।
साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।
शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेबाट उनलाई दर्शकको भोटको आधारमा छनौट गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...