Monday 28th September 2026

गजल -हिमाल अन्जान


लुट्नेले लुटेको छ जिन्दगी के भनौ ।
लुटतन्त्र चलेको बेला बाँकी के भनौ ।

देशले आश देखाउँछ मोह जगाउँछ
उचाल्छ पछार्छ घरी घरी के भनौ ।

महंगीको आगोले झुपडी जलीसके
छन त सरकार छ बामपंथी के भनौ ।

गाउँमा रेल आउने भो जहाज आउने भो
आउन नसक्ने रहेछ केवल पानी के भनौ ।

शहरका सिंह गर्जन थाले गाउँ त्रासमा छ
यता सुरक्षीत छैनन् छोरीचेली के भनौ ।

हिमाल अन्जान
लम्किचुहा नं पा-१, कैलाली
हाल-कुवैत


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...