Friday 10th October 2025

गजल -हिमाल अन्जान


लुट्नेले लुटेको छ जिन्दगी के भनौ ।
लुटतन्त्र चलेको बेला बाँकी के भनौ ।

देशले आश देखाउँछ मोह जगाउँछ
उचाल्छ पछार्छ घरी घरी के भनौ ।

महंगीको आगोले झुपडी जलीसके
छन त सरकार छ बामपंथी के भनौ ।

गाउँमा रेल आउने भो जहाज आउने भो
आउन नसक्ने रहेछ केवल पानी के भनौ ।

शहरका सिंह गर्जन थाले गाउँ त्रासमा छ
यता सुरक्षीत छैनन् छोरीचेली के भनौ ।

हिमाल अन्जान
लम्किचुहा नं पा-१, कैलाली
हाल-कुवैत


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...