Monday 28th September 2026

गजल -असल यात्री


तिम्रो मन रैछ अंगार फुर्ती नगर
लगाएर सुनको हार फुर्ती नगर ।

धनी कसरी बन्यौ छर्लङ्गै छ नि
कस्तो घृणित व्यापार फुर्ति नगर ।

तिमीहरूकै लागि खोलिए भट्टीहरु
रक्सी पियर बारम्बार फुर्ती नगर ।

बाहिर ठिक्क पारी भित्र छुरा रोप्ने
तिम्रो त्यो नौजाले प्यार फुर्ती नगर ।

पैसाकै वलले ठाउँमा पुग्यौ तिमी
गरेका हैनाै र भ्रष्टाचार फुर्ती नगर ।

बलवान त समय हुन्छ हुदैन मान्छे
बिना अर्थ तिमी लगातार फुर्ती नगर ।

नामको अगाडि फलानो झुन्डिएपछि
कसरी तिमी ईज्जतदार फुर्ती नगर ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...