Sunday 16th August 2026

एनआरएन विश्व सम्मेलनमा अरबका भेडा सस्ता थिए


तोयानाथ उपेक्षित – एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । “पैसा फ्याको तमासा देखो” भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले देख्न सक्दैनथ्यो । भिडभित्रैबाट कतिपयका आँखा त्यहि उडिरहेको पैसा बटुल्नमा व्यस्त थिए ।

एउटा अध्यक्षको उमेद्धारले खर्च गरेको बजेट एउटा सानो नगरपालिकाको बजेट भन्दा कम थिएन । एउटा गाउँपालिका किन्न सक्ने हैसियतका उमेद्धारहरुका अगाडी पछाडी हिड्नेहरुलाई हायातमा स्वर्ग खसे झै भएको थियो । टाउकाको मोल मोलाई भईरहेको पत्तो हुदैनथ्यो । विचौलियाहरुले कसलाई कतिमा बेचे बुझ्न गाहो थियो तर किनबेच भने भईरहेको कुरा घाम जस्तै छर्लङ्गै थियो । त्यहाँ गोरु बजारको जस्तै गरि मोल तोकिन्थे । खसी बजारमा झै हरेकलाई जोखिरहेको देखिन्थे । आखिर अरबकाहरू नै सवै भन्दा सस्तोमा विकिरहेका थिए । तर कुनै स्वादको थिएन । मन्दिरमा चढाएका नरिवल पुजारीले राती व्यपारी लाई बेच्ने र विहान श्रद्धालुले त्यही किन्ने बर्षौ पुरानो कथा मतदाताको मतीसँग तुलना गर्दा हुन्थयो । एउटै मतदाता धेरै ठाउँमा किनबेच भईरहेको थियो । यी भरोसा नभएका भेडाहरु सस्ता त थिए तर कस्ता थिए कस्ता कुन उमेद्धारले बुझ्यो होला र ? यहाँ सम्म बर्षौ पहिले अरब छाडेर नेपालमा बसेका तर एनआरएन बाट अझै तल नखसेका कुजातहरुले समेत अरबका भेडाको व्यपार चलाईरहेको थाहा पाउँदा अचम्मै लाग्थ्यो ।

सोझो जनावर गधा जस्ता भने यी अरबका थिएनन् । सधै राजनैतिक मञ्चहरुमा हाकाहाकी प्रस्तुत हुने भाटहरुलाई टाट पार्ने यिनै थिए । यिनका मतले अनेक काम गर्यो । जित्छु भनेर छाती ठोक्नेहरु हारे । हार्छु की भनेर डराएकाहरुले जिते । चुनाव समितीको लाहपर्वाहीबाट आजित भएर अघिल्लो दिन बहिस्कार बहिस्कार भन्नेहरुले बहिस्कार गरे पनि अरबेहरुले बहिस्कार गरेनन् । उनीहरुलाई जति दिन लम्बियो त्यति लाभै लाभ थियो । बस्न र खानको कुनै चिन्ता थिएन । मामाको घोडा मेरो हिहिहि ।

यिनीहरुले आफ्नो क्षेत्रमा अर्थात मध्यपूर्वमा नेतृत्वलाई सर्वसम्मत गरे । पैसा फयाक्ने र तमासा हेर्ने ल्याकत नभए पछि मिल्नुको विकल्प थिएन । आफूहरुले नेतृत्व मिलाएर सदभाव र एकता बढाउने काम गरेको ढोंग पनि पिटिदिए । सधै भरीको कतारको दादागिरी चल्ने मध्यपूर्वमा यसपाली अरुले मिलेर नाकाबन्दी र घेराबन्दी गरिदिए । कतार खुम्चिन बाध्य भयो । उसको बाध्यता र अरुको घेराबन्दीबाट तयार भएको मध्यपूर्वको नेतृत्व सन्तुलित बन्न गयो यसमा कुवेतको भूमिका प्रशंसनिय देखिएको विश्लेषण पनि बाहिर आयो ।
क्रमस …


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...