Thursday 10th September 2026

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुदै


तितोपाटी- नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यालयमा बसेको बैठकले विश्वभरीका नेपाली पत्रकारहरुको सहभागिता हुने गरी कोरियामा बैठक गर्ने निर्णय गरेको हो ।

कोरिया शाखाको आतिथ्यमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो बैठक कोरियामा गर्ने र शाखा सञ्चालन सम्बन्धि नियमावली संसोधन प्रस्ताव समेत तयार गर्ने समितिका सदस्य सचिव भुपराज बस्यालले जानकारी दिए । यसैगरी बैठकमा सहभागी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले उठाएको विषयहरुको छलफल गर्ने र आगामी कार्यदिशा तयार गर्नको लागि कोरियामा बैंठक गर्ने गरी निर्णय भएको पनि बस्यालले जानकारी दिए । समितिको काठमाडौमा बसेको बैठकमा दामोदर नेपालले मध्यपूर्वको प्रतिवेदन, आङछिरिङ शेर्पाले पेश गरेको यूरोप, अमेरिका लगायतको प्रतिवेदन पेश गरेका थिए ।
-कारोबार दैनिक बाट


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...