Wednesday 26th November 2025

निवर्तमान सभामुख कृष्ण बहादुर महरा याैनदुर्ब्यवहारको आरोपमा पक्राउ


तितोपाटी – संघीय संसद प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । संघीय संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले किटानी जाहेरी दिएपछि अदालतको आदेशमा महरालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ । उनलाई महानगरीय प्रहरी वृत सिंहदरबार लगिएको छ ।

महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै शाहीले बयान फेर्दै आएपनि अन्तिममा भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन् । १२ गते रातिको घटना १३ गते सार्वजनिक भएपछि असोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...