Friday 25th September 2026

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २८ देखि ३० गतेसम्म


तितोपाटी- नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म अर्थात् १५ देखि १७ अक्टोबरमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा गरेर हालै यो मिति तय गरेको हो । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योेग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ ।

यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघसंस्थाका अध्यक्षहरु रहने छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढिरहेका छन् । यस वर्षको सम्मेलनको मूल विषय ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ रहने छ । सम्मेलनमा यसै विषयहरुमा आधारित भएर विभिन्न सत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनीतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागिता रहने छ ।

यही विश्व सम्मेलनकै समयमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुनेछ । उक्त महाधिवेशनमा संघको विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायत संघसँग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्षलगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुनेछ ।

साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन…

प्रतिकृयाहरू
...