Wednesday 18th February 2026

विधान विपरित निर्वाचन गराएकोमा,एनआरएनए अष्ट्रेलियाविरुद्ध मुद्दा दायर


तितोपाटी- गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ ।

एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा एनआरएनविरुद्ध उच्च अदालत मेलवर्नमा मुद्दा दायर भएको हो ।

गैरराजनीतिक, सामाजिक संस्थाको रुपमा परिचित एनआरएनमा चरम राजनीति र गुटबन्दी भएको आरोप समेत सदस्यहरुले लगाएका छन् । अदालतमा मुद्दा दायर गर्नुपूर्व एनआरएनका अध्यक्ष तोनु घोतानेलाई वकिलमार्फत पत्र पठाइ आरोपबारे छानबिन पछि मात्र पदाधिकारीहरुको सपथ गर्न चेतावनी दिइएको थियो । तर, एनआरएन नेतृत्वले पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई यथावत राखि चेतावनीका बाबजुत गत अगस्ट ११ मा सपथ ग्रहण सम्पन्न गरेको थियो ।

एनआरएनको पारदर्शीता, जवाफदेहीता र मूल उद्देश्यबाट नेतृत्व लामो समयदेखि विमुख भएको र संस्थागत व्यवसायिकता हराएकाले आफूहरु बाध्य भएर कानूनी उपचारका लागि अदालत जानुपरेको सदस्य मध्येका एक गणेश गौतमले खबरहबलाई बताए । उनले समुदायको आस्थाको केन्द्रमा रहेको संस्थालाई नेतृत्वले आफ्नो निजी स्वार्थका लागि प्रयोग गरेको आरोप समेत लगाए । सदस्यहरुले अदालतमा मुद्दा दायर गरेपछि दुवै पक्ष १० दिन भित्र उपस्थित हुनुपर्ने छ । एनआरएन विरुद्धको कानुनी लडाईका लागि आर्थिक सहायता जुटाउन सदस्यहरुले गोफण्डमी मार्फत रकम संकलन शुरु गरेका छन् ।

एनआरएन अस्ट्रेलियाको गत महिनाको चुनाव प्रक्रिया चलिरहँदा अध्यक्षका प्रत्यासी केसव कँडेलको प्यानलका सदस्यलाई भोट गर्न अनुरोध सहितको एसएमएस मतदाताले पाएका थिए । चुनावमा नाम नसुनेका र नचिनेका उम्मेद्वारलाई एसएमएस मार्फत भोट मागेपछि मतदाता आश्चर्यमा परेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले आफूहरुबाट कुनै गल्ती नभएको दाबी गरे पनि जानकारहरु एनआरएन भित्रैबाट उम्मेद्वारहरुले मतदाताको विवरण लिएको बताउँछन् ।

एनआरएनको नेतृत्व लामो समयदेखि संस्थागत पारदर्शीतामा आलोचित हुँदै आए पनि विदेशमा एनआरएनविरुद्ध मुद्दा नै दर्ता भएपछि यहाँका नेपाली समुदाय आगामी निकासबारे प्रतिक्षारत छन् ।

साभार खबरहब


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...