Saturday 6th June 2026

याक्खा समुदायको पहिलो म्यूजीक भीडीयो सार्वजनीक


तितोपाटी- किरात जाती अन्तर्गत अल्पसंख्यक जातिको रूपमा रहेको याक्खा समुदायको पहिलो पटक एकै साथ ४ वटा याक्खा भाषाको गीतको म्युजिक भिडियो निर्माण भएको छ ।

उक्त म्यूजीक भिडियो हालसालै नेपाल र यू केमा एकैसाथ रीलिज गरिएको हो । किराँत याक्खा छुम्मा युके र युके निवासी याक्खाहरुको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । याक्खा पालाम शब्द आइतराज याक्खा, स्वर आइतराज याक्खा र मनु नेम्बाङ,सङ्गीत टेकेन्द्र यक्सो , कानिङ याक्खाबा” ,शब्द सङ्गीत अजय याक्खा, स्वर मिना राई, माङ्चुवा छेम्ना ”शब्द आइतराज याक्खा, स्वर ललित जिमि,संगीत खगेन्द्र यक्सोको रहेको छ भने खिङ्ग उचुना वेन्वे एङ्गा तेन्वे , शब्द लालमाया याक्खा, सँगित अजय र स्वर यासिमा याक्खा र राजेन्द जीमीको रहेको छ।

उक्त म्युजिक भिडियोको छायांकन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तिमा गरिएको छ । सम्पुर्ण गीतहरुमा याक्खा जातिको भाषा सस्कार, सँस्कृती, भुमीको गुणगान साथै सँरक्षण र संवर्धनमा जोड दिएको छ । बिष्णुदेव कोङ्ग्रेनको प्रस्तुती रहेको म्युजिक भिडियो निर्माणको सम्योजन प्रेम जिमिले गरेका छन भने म्युजिक भिडियोको निर्देशन जोगमाया लुम्बाले गरेका छन । यसभन्दा अघि नेपाली चलचित्र जीवन काँडा कि फुल, मिराज र गोल मा अभिनय संगै विभिन्न सचेतनामुलक सन्देशहरुको निर्देशन समेत गरिसकेका उनि लामो समय देखि सञ्चारकर्मि पनि रहेका छन ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...