Sunday 19th May 2024

निर्मला बलात्कार-हत्या पछिको एक वर्ष


आनन्द आचार्य – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्दा पनि सरकारले  हत्यारा पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता नलाग्दा परिवारजनमा पीडा घट्नुको साटो झन बल्झिँदै गएको छ । उक्त घटनाले सरकारलाइ समेत चुनाैती दिएको छ । सरकारका मन्त्रीहरूले बोलेका शब्दावली समेत फिका भएका छन् सामाजिक सुरक्षामा प्रश्न उठेको छ, सरकारका मन्त्रीहरू गैरजिम्मेवार भएको आरोप लागेको छ भने नागरिक सुरक्षामा असफल सरकारको पगरी पाएको छ ।

निर्मला हत्याको विषयलाइ लिएर अनुसन्धान गर्न गृह मन्त्रालयले अपराध अनुसन्धान ब्यूरो लगायतका विभिन्न अनुसन्धान टोली गठन गरेर पटक पटक अनुसन्धान गरिए पनि अहिले सम्म न त कुनै हत्यारा नै फेला परेको छ न त अनुसन्धान टोलीहरूका प्रतिवेदनमा नै एकरूपता आएको छ ।उल्टै उक्त घटनाले सिंगो प्रहरी संगठनलाइ नै दाग लगाएको छ, प्रहरी प्रशानसनको दक्षता र क्षमता माथि नै प्रश्न चिन्ह खडा गराएको छ । घटना घटेको एक वर्ष बित्दा पनि एक तार्किक निष्कर्षमा पुग्न नसक्नु प्रहरी प्रशासनको पनि कम्जोरी भएको छ ।

हत्याको एक वर्ष पुरा हुँदा उक्त घटनालाइ लिएर मानब अधिकार संगठनहरू, विद्यार्थी संगठनहरू, महिला अधिकारकर्मीहरूका विभिन्न विरोध र आन्दोलन भए पनि हत्यारा पत्ता लगाएर समस्या सुल्झिनुको साटो झन रहस्यामय बनेको छ । कहिले निर्मलाकै सहपाठी साठी बम दिदीबहिनीको संलग्नतामा अपराध भएको शंका त कहिले राजनीतिक आडमा हत्यारा सार्वजनिक नगरिएको आरोप त कहिले हाइ प्रोफाइल ब्यक्तिले अपराध गरेकोले अपराध लुकाउन मानसिक स्थिति बिग्रिएको मानिसलाइ अपराधी भनेर सार्वजनिक गरियो भनेर बिरोध जनाइए पनि कहिँ कतैबाट अन्तिम निचोड भने निस्कन सकेको छैन । बलात्कार घटनामा अकाट्य मानिएको डिएनए परिक्षण पनि निर्मला बलात्कार-हत्या प्रकरणमा फितलो भएको छ । प्रहरीले हत्यारा भनेर सार्वजनिक गरेको दिलिप बिष्टलाइ पनि डिएनए परिक्षण नमिलेको भनेर छाडिएपछि निर्मला बलात्कार-हत्या प्रकरण थाती नै रहेको छ भने प्रहरी प्रशासनले अझै पनि विभिन्न कोंणबाट अनुसन्धान गरिरहेको छनाउँद आएको छ ।

हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आवश्यक सबै प्रकारका अनुसन्धान तहकिकात गरेको बताए पनि सो घटनामा कुकुरको प्रयोग नगरेर हत्यारालाइ बचाउने कार्य भएको भनेर पनि प्रहरी प्रशासनलाइ आरोप लाग्यो । त्यसो त बलात्कार र हत्या एकै ठाउँमा भएको हो वा फरक फरक ठाउँमा भएको हो भन्ने कुरामा समेत प्रहरीले निर्क्योल गर्न सकेको छैन । बिभिन्न विज्ञको टोली सहितको अनुसन्धानले पनि हत्यारा किटान गर्न  नसकिएको  यस घटनाको अनुसन्धानमा लापरवाही गरि प्रमाण नष्ट गरेको आरोप पनि प्रहरीलाइ लागेको छ । उक्त घटनालाइ लिएर प्रहरी संगठनले आरोपित अधिकारीहरू कसैलाइ बर्खास्त गरेको छ भने कसैलाइ निलब्ननमा राखेको छ ।

घटनाको एक वर्ष पुग्दा पनि प्रहरी प्रशासनले प्रभावकारी ढंगले अनुसन्धान गर्न नसक्दा अपराधी पत्ता नलागेको र अपराधी खुलेआम डुलीरहेको तथा उक्त घटनामा ठुलै ब्यक्तिको हात रहेको भन्दै अधिकारकर्मीहरूले अहिले पनि कडा आक्रोस पोखिरहेका छन् भने देशभरका छात्राहरू निकै त्रसित बनेका छन्। यस घटनालाइ लिएर प्रहरी प्रशासनले ६ सय भन्दा बढीलाइ सोधपुछ र ८० जना भन्दा बढीको डिएनए परिक्षण गरेको बताए पनि अहिले सम्म पनि कुनै सुराग भेटाउन सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...