Friday 6th March 2026

“के मध्यपुर्वका गैरआवासीय श्रमिकका एजेन्डाको प्रतिनिधित्व NRNA ICC ले गर्दछ?”


राजु कार्की – वैदेशिक रोजगारीको सम्बन्धमा प्रमुख गन्तव्य मध्यको कुवेत पनि एक महत्वपूर्ण गन्तब्य पर्ने कुरा सर्वविदितै छ। अब्बल मुद्राको कारणले मासिक तलब राम्रै हुने र अन्त जस्तो फजुल खर्छ पनि गर्न नपाइने भएकोले आम्दानीको धेरै प्रतिशत बचत हुने गर्दछ जस्ले गर्दा मध्यपुर्व देशहरुमा कुवेतलाई केही मात्रामा राम्रो मान्ने गरिन्छ । यद्यपि केही ब्यक्तिहरुको लागि भने यहाँको जीवन धेरै कष्टकर हुने गर्दछ, कारण अवैधानिक क्रियाकलापमा संलग्न तथा प्रतिबन्धित चिजको सेवन गर्नाले नेपालीहरुको शानमा नै आंच आउने गरेको छ।

 समय क्रमसंगै कुवेतमा वैदेशिक रोजगारीको लागि धेरै नेपालीहरु भित्रिने गरेका छन। बिगतका केही अनुभव का आधारमा , शुरु शुरुमा नेपालीहरु बिच अति नै घनिष्ठता , साथीत्व भावना भएको पाइन्छ। समयको चक्र संगै नेपालीहरु बिच एक-आपसमा एकत्रित हुँदै दुःख परेको बेलामा एक-अर्कालाई सहयोग आदानप्रदान गर्नुको साथै देश तथा विदेशमा बस्ने पीडितलाई सबैको सहयोगमा धेरै उद्धारका कार्य भएको सर्वविदितै छ। यद्यपि कहिलेकाही तिता मिठा कुरा देखि एक अर्कामा दुश्मनी जस्तो ब्यवहार पनि नभएको चाहिँ होइन।फेरि पनि समग्रमा विभिन्न जातिय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक, राजनैतिक संघ सस्था मार्फत धेरै सकारात्मक कार्य हुनुको साथै पीडितहरुको उद्धार भएको पाइन्छ। हामी नेपालीहरु विविधतामा एकताका प्रतिक हौ जस्लाइ विश्व समुदायले इमानदार , मेहनती र निडर ब्यक्तिका रुपमा ब्याख्या गरेको पाइन्छ। यति धेरै विविधताका बिचमा पनि देश तथा विदेशमा पीडित भएका नेपालीहरुलाइ एक ढिक्का भएर समस्याको समाधान गरेको देखेको छु यय अर्थमा म आफुलाइ नेपाली हुनुमा गर्व छ र साथै सम्पुर्णमा आभार प्रकट गर्दछु।

विभिन्न संघ संगठन जस्तै कुवेतमा NRNA जन्मेसंगै उत्पन्न भएका धेरै राम्रा र केही नराम्रा पक्षहरु हुनु अस्वाभाविक जस्तो मलाइ लाग्दैन । विशेष गरेर संघ सस्था जन्माउनु , त्यसको नेतृत्व गर्नु साथै समाजमा उत्पन्न भएका समस्याको समाधान गर्न सक्नु एक सबल नेतृत्वको कर्तव्य हो। सक्षम नेतृत्व चुन्दा र स्वयं नेतृत्व पंक्तिमा बस्ने ब्यक्तिहरुले पनि सम्बन्धित क्षेत्रमा आधारभुत अध्ययन नै नगरी समाजमा बिद्दमान समस्याहरु र त्यस्का समाधानका ठोस एजेन्डा बिना नै अग्रपंक्तिमा उभिएको कहिलेकाही देख्ने गरिन्छ। बिगतका नेतृत्व बर्गलाइ दोष लगाउन भन्दा पनि गरेका सकारात्मक कार्यको उचित सम्मानका साथ अबलम्बन गर्ने र त्रुटिपूर्ण कार्यलाई सच्याएर अहिलेको एक्काइसौं शताब्दीको समाजमा उत्पन्न भएका श्रमिकहरुका समस्याहरुको समाधान गर्ने तर्फ केन्द्रित रहि सोही बमोजिम एजेन्डामा आधारित सबल र सक्षम ब्यक्ति वा सस्थालाइ सहयोग गर्नु सम्पुर्ण प्रवासी नेपालीहरुको अहिलेको जिम्मेवारी र दायित्व पनि हो। हाम्रो समाजमा प्रायः हामी आफै केही नगर्ने र सबै अरुले नै गरिदियोस भन्ने चाहना राख्ने गरेका छौ जुन यस संसारमा सम्भव छैन। यसर्थ समाजलाइ दिशा निर्देश गर्ने तपाईं हामी नै हो। त्यसैले संस्था जन्माउनु वा नेतृत्वमा बस्नु भन्दा पनि आफुले समाजलाइ के दिन सकियो, कस्तो समाजको परिकल्पना गरियो र आफ्नो कार्यसम्पादनको आफै मुल्यांकन गर्न सक्यौ भने पक्कै पनि सकारात्मक सन्देश प्रवाह हुनेछ।

अहिले हामी बस्ने नगरी कुवेतमा पनि NRNA को चुनावको चहलपहल सधै जसो चुनावको बेलामा जस्तो शुरु हुन थालेको छ। धेरै प्रतिस्पर्धिको चर्चा सुन्ने गरिएको छ। कोहि धेरै पुराना तथा कोहि बिल्कुलै नयाँ अनुहार यसपालीको कार्यसमितिमा देखिने भएको छ। निर्वाचन समिति गठन भै सकेको तथा अधिबेशनको तयारी हुँदै र पन्जिकृत सदस्यताको लागि अनलाइन फाराम भर्ने काम भैरहेको देख्न सकिन्छ। यत्रो तामझामका साथ कुवेतको प्रतिष्ठित होटलमा हुन लागेको NRNA को अधिबेशनका प्रत्यासीहरु भने बिगतका झै यसपाली पनि एजेन्डा बिहिन देख्न सकिन्छ । यसरी हेर्दा यहाँका NRN हरू युरोप अमेरिकाका NRNA को भोट Bank मात्रै जस्तो देखिन्छ किनकी यहाँ भोट नै हुँदैन र भोट माग्नु नै पर्दैन। युरोप अमेरिका का NRNA को एजेण्डा मध्यपुर्वका गैरआवासीय नेपालीको सन्दर्भमा कत्तिको राम्रो हो? के मध्यपुर्वका श्रमिकहरुका समस्याको प्रतिनिधित्व NRNA ICC ले गर्न सक्छ? वा मध्यपुर्व का NRNA मात्र भोट Bank हुन?

मलाइ लाग्दछ, मध्यपुर्वका श्रमिकहरुका एजेन्डा NRNA MIDDLE -EAST को हुनु पर्दछ, जस्ले नेपालको रेमिट्यान्समा अतुलनीय सहयोग गर्नुको साथै देशकै अर्थतन्त्रलाई मज्बुत पार्ने काम गरेको छ । यस अर्थमा हामी मध्यपुर्ववासीले देश बिकासमा प्रमुख भुमिका खेलेका छौ। आजको आवस्यकता मध्यपुर्वका श्रमिकका साझा एजेन्डा लाई NRNA ICC ले उचित मुल्यांकन गर्दै सम्मान दियोस र यसका लागि NRNA मध्यपुर्व/ NCC का नेतृत्व नै बढी जिम्मेवारी हुनु पर्दछ।

सम्पुर्ण प्रतिस्पर्धिहरुमा शुभकामना ।
जय देश, जय NRNA ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...