Monday 10th November 2025

सुन्दर परियारले पहाडकी छोरीलाई ललाइ फकाइ कुवेत पुर्याए (हेर्नुस् भिडियो सहित)


तितोपाटी –  स्याङ्जा जिल्लास्थित वालिङ – १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा “नैना रेशम लोकतारा” मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः उनले आफ्नो प्रतिभालाई उजागर गर्दै पहिलो लोकदोहोरी गीत “मेरो माया” रेकर्ड गराएर आफ्नो साङ्गीतिक यात्राको थालनी गरे ।

लगत्तै उनका लोकदोहोरी गीतहरु “मेरो माया गयौ लत्याएर” , “धोका दियौ घायल भाको छु”, तिज गीत “आयो तिज” अनि समसामयिक विषयबस्तु समेटिएको गीत “अन गर है नेट” जस्ता थुप्रै र चर्चित गीतहरु डिजिटल बजारमा सार्बजनिक भैसकेका छन् ।

पछिल्लो समयमा उनको पहिलो लोक आधुनिक गीत “पहाडकी छोरी” बिन्ध्यबासिनी म्युजिक प्रा.लि. मार्फत भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ । सुन्दर परियारको शब्द सङ्गीतमा सम्झना कंडेलको प्रस्तुती र आवाज रहेको उक्त गीतमा अभिनय पनि सम्झना कंडेल आफै र आर्यन थापाको रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन, सुरेश श्रेष्ठ र सन्तोष महराको छायांकन अनि प्रकाश धमलाको सम्पादनमा तयार पारिएको उक्त गीत अहिले धेरै दर्शक श्रोताको माया बटुल्न सफल भैरहेको छ । उनको “पर्देशी” र “आमा” नामक गीतहरु पनि बजारमा आउने तयारीमा छन् ।

भिडियो पनि हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...