Friday 15th May 2026

कुवेतमा कैलालीका गोबिन्द परियारको हृदयघातका कारण निधन


हरि कृष्ण न्यौपाने – २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो ।

दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू सुतेकै ओछ्यानमा मृत फेला पारिएको थियो। ८ तारिख शुक्रवार राति सदा झैँ खाना खाएर सुतेका ३१ बर्षिय गोबिन्द बिहान काममा जान साथीहरुले उठाउँदा ओछ्यानमै मृत भेटिएका हुन।

यसै बिच नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले क़ानुनी प्रकृया पुरा गरी मृतकको कम्पनि र परिवारसंग समन्वय गरि शबलाई पठाउन प्रकृया थालि सकेको तितोपाटी डट कमलाई बताए। मगरले भने” मृत्युको कारणबारे पूर्ण जानकारी आई नसकेको भए पनि कम्पनिले शब पठाउन लाग्ने खर्च तथा मृतकले कम्पनीबाट पाउन बाँक़ी रकम समेत दूतावासमा बुझाइ सकेको छ।”

 

 


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...