Wednesday 14th January 2026

कुवेतमा कैलालीका गोबिन्द परियारको हृदयघातका कारण निधन


हरि कृष्ण न्यौपाने – २ बर्ष देखी कुवेतको अलनासर कम्पनीमा कार्यरत लम्किचुहा नगरपालिका-५ कैलालीका गोबिन्द परियारको निधन भएको छ। गत ९ फेब्रुअरी २०१९ शनिबारका दिन हृदयघातका कारण गोबिन्दको निधन भएको हो ।

दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार गोबिन्दलाई कम्पनीको क्याम्प कुवेतको ओफ्रामा आफू सुतेकै ओछ्यानमा मृत फेला पारिएको थियो। ८ तारिख शुक्रवार राति सदा झैँ खाना खाएर सुतेका ३१ बर्षिय गोबिन्द बिहान काममा जान साथीहरुले उठाउँदा ओछ्यानमै मृत भेटिएका हुन।

यसै बिच नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले क़ानुनी प्रकृया पुरा गरी मृतकको कम्पनि र परिवारसंग समन्वय गरि शबलाई पठाउन प्रकृया थालि सकेको तितोपाटी डट कमलाई बताए। मगरले भने” मृत्युको कारणबारे पूर्ण जानकारी आई नसकेको भए पनि कम्पनिले शब पठाउन लाग्ने खर्च तथा मृतकले कम्पनीबाट पाउन बाँक़ी रकम समेत दूतावासमा बुझाइ सकेको छ।”

 

 


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...